बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेकपा सांसद सानु पहाडीको निधन

नेकपा सांसद सानु पहाडीको निधन

मेगा खबर संवाददाता

२८, आश्विन २०७७
  • 2.9K
    SHARES

  • नेकपा सांसद सानु पहाडीको निधन

    काठमाडौं । मिर्गौला र मुट रोगबाट पीडित प्रतिनिधिसभाका सांसद सानु सिवा पहाडीको निधन भएको छ । 

    उनको बुधबार बिहान निधन भएको जनसांस्कृतिक महासंघका सदस्य माधव प्रधानले जानकारी दिएका छन् । पहाडी लामो समयदेखि जनसांस्कृति महासंघमा आबद्ध रही गीति यात्रामा पनि थिइन् । ताप्लेजुङमा जन्मिएकी उनले तत्कालीन एमाले छँदा पहाडी एकल गीति यात्रा गरेको प्रधानको भनाइ छ ।

    उनी नेकपाको तर्फबाट प्रतिनिधि सभा  सांसद थिइन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पहाडीको निधनमा दुःख व्यक्त गरेका छन् । 

    ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिनिधि सभा सदस्य संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको जनाएका छन् । केही वर्षअघि उनको दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रत्यारोपण गरिएको थियो । त्यसपछि मुटको रोग थपिएको प्रधानले बताएका छन् । 

    बुधवार, आश्विन २८ २०७७१२:४२:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार