बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ओली प्रचण्डबीचको भेटघाटले पायो निरन्तरता 

ओली प्रचण्डबीचको भेटघाटले पायो निरन्तरता 

मेगा खबर संवाददाता

२८, आश्विन २०७७
  • 3.5K
    SHARES

  • ओली प्रचण्डबीचको भेटघाटले पायो निरन्तरता 

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पनि छलफलमा जुटेका छन् । दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ ।

    मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकताका बाँकी काम, रिक्त संवैधानिक नियुक्तीका विषयमा निरन्तर छलफल भएपनि बुधवारको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री माथिको अविश्वासको प्रस्तावका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

    विवाद छलफलका लागि प्रचण्ड ९ः१५ तिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । मंगलवार दुई अध्यक्षबीचको भेटपछि मुख्यमन्त्री शाहसहित उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रदेशसभा सदस्य यामलाल कँडेलसहितका प्रदेशका नेताहरुलाई छलफलका लागि काठमाडौं बोलाएका छन् । उनीहरुलाई विहीवार छलफलका लागि बोलाइएको हो । 

     

    बुधवार, आश्विन २८ २०७७११:५०:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार