बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वाग्मतीलाई हराउँदै पुलिस फाइनलमा, उपाधि भिडन्त आर्मीसँग

वाग्मतीलाई हराउँदै पुलिस फाइनलमा, उपाधि भिडन्त आर्मीसँग

  • 619
    SHARES

  • वाग्मतीलाई हराउँदै पुलिस फाइनलमा, उपाधि भिडन्त आर्मीसँग

    काठमाडौं, दुई विभागीय टीम नेपाल पुलिस र त्रिभुवन आर्मी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन् ।

    बागमती र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिए । अहिले भर्खरै सकिएको खेलमा बागमतीलाई हराउँदै पुलिस फाइनलमा पुगेको हो । प्रतियोगितामा दुई जित निकाल्ने एक्लो टीम पुलिस बन्यो । त्रिभुवन आर्मीले मधेश प्रदेशविरुद्ध स्पष्ट जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

    बागमतीले दोस्रो इनिङमा पुलिसलाई ११६ रनको मामूली लक्ष्य दिएको थियो । पुलिसले ५ विकेट क्षतिमा लक्ष्य भेट्यो । पुलिसका अमित श्रेष्ठले लगातार अर्धशतक प्रहार गरे । पहिलो इनिङमा ७९ रनको उत्कृष्ट इनिङ खेलेका श्रेष्ठले दोस्रोमा ४४ बलमा ५६ रन बनाए । कुशल भुर्तेलले दोस्रो इनिङमा विष्फोटक सुरुवात गर्दै १९ बलमा ३२ रन जोडेर आउट भए ।

    आइतवार, पौष २८ २०८१०५:१५:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार