काठमाडौं । पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान तथा इटालियन क्लव युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको पोर्चुगिज फुटबल महासङ्घले मङ्गलबार जानकारी दिएको हो । कोरोना रिपोर्ट पोजेटिभ आए पनि उनलाई लक्षण नदेखिएको र अहिले अवस्था सामान्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना पुष्टि भएपछि उनले स्विडेनसँगको खेल गुमाउने भएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।