बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चितवनलाई विराटनगरले दियो १८२ रनको चुनौती

चितवनलाई विराटनगरले दियो १८२ रनको चुनौती

मेगा खबर संवाददाता

२८, मंसिर २०८१
  • 520
    SHARES

  • चितवनलाई विराटनगरले दियो १८२ रनको चुनौती

    काठमाडौं, नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई विराटनगर किङ्सले १८२ रनको चुनौती दिएको छ। 

    बसिर अहमदको विष्फोटक ब्याटिङमा विराटनगर किंग्सले १८१ रन बनाएको हो। जारी नेपाल प्रिमियर लिगमा यो तेस्रो ठूलो लक्ष्य प्रस्तुत हो। यसअघि विराटनगरविरुद्ध लुम्बिनीले १९२ र सुदूरपश्चमले विराटनगरलाई नै १८३ रनको लक्ष्य दिएको थियो ।शुक्रबारको दोस्रो खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रनको योगफल तयार पारेको हो। 

    सुरुमै ४ विकेट गुमाएपछि ब्याटिङमा आएका बसिर अहमदले बनाएको ६८ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए।  पाचौँ विकेटका लागि मार्टिन गप्टील र बसिर अहमदले ६५ रनको साझेदारी गर्दै विराटनगरको इनिङस् उकासेका थिए। विराटनगर एक समय ६।२ ओभरमा ४–३३ को अवस्थामा थियो। 

    ओपनर मार्टिल गप्टील ४५ रन बनाउँदै पेभेलियन फर्के। ३५ बलमा १ चौका र ४ छक्का प्रहार गरेका गप्टील कुशल मल्लको बलमा बोल्ड आउट भए। चितवनविरुद्ध विराटनगरका गप्टील र बसिरसँगै राजेश पुलामी मात्र चम्किए। 

    लोकेश बम र स्कट इडवार्ड शुन्य रनमा नै आउट भए। रिजन ढकालको बलमा ४ रन बनाउँदा दिपक बोहोरा पनि बोल्ड हुन पुगे। 

     

    शुक्रवार, मंसिर २८ २०८१०४:१२:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार