काठमाडाै, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजलाई १०३ रनमै अलआउट गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार दिनको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको काठमाडौंको इनिङग्स कुनै पनि बेला सम्हालिन सकेन । काठमाडौं अन्तिम चार बल खेल्न बाँकी छदा अलआउट भएको छ । काठमाडौंका ओपनर माइकल लेभिटलाई इनिङ्ग्सको तेस्रो बलमै लुम्बिनीका रेमन सिमन्ड्सले शून्यमा बोल्ड गरेको छ ।
पाँचौ ओभरमा अर्का ओपनर स्टेफन इकान्जी पनि १३ रन बनाएर खेलिरहदा आउट भए । उनलाई लुम्बिनीका अभिसेष गौतमले बोल्ड गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।