बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आईपीएल : कोलकातामाथि बैंगलोरको उत्कृष्ट जित

आईपीएल : कोलकातामाथि बैंगलोरको उत्कृष्ट जित

मेगा खबर संवाददाता

२७, आश्विन २०७७
  • 3.0K
    SHARES

  • आईपीएल : कोलकातामाथि बैंगलोरको उत्कृष्ट जित

    काठमाडौं। जारी आईपीएलको २८ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ।

    जारी सिजनमा पाँचौं खेल जितेसँगै बैंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। जितका लागि १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रन बनाउन सक्यो। कोलकाताका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन्। कोलकाताले निरन्तर विकेट गुमाइरह्यो। 

    त्यसअघि शारजहाँ क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बैंगलोरले २० ओभरमा २ विकेटको क्षतिमा १९४ रन बनाएको थियो। 

    बैंगलोरले अब बिहिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ। कोलकाताले भने शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्नेछ।

    मुम्बई, दिल्ली र बैंगलोरको समान १० अंक छ। नेट रन रेटको आधारमा मुम्बई शीर्ष, दिल्ली दोस्रो र बैंगलोर तेस्रो स्थानमा छन्। कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हारसहित चौथो स्थानमा पुगेको छ।

    सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित सहित पाँचौं स्थानमा छ। राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जितसहित छैटौं स्थानमा छ।

    चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जितसहित सातौं स्थानमा छ। किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जितसहित २ अंकका साथ पुछारमा छ।

    मंगलवार, आश्विन २७ २०७७०५:४२:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार