काठमाडौं, सामाजिक सञ्जाल टिकटकमा ट्रोलको शिकार बनेपछि टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीको अकाउन्ट गायब भएको छ ।
सोमबार बिहानदेखि एकाएक आयुष र एलिजेको टिकटक अकाउन्ट देखिन छोडेको हो । पाकिस्तानी मूलकी एलिजे जमालीको टिकटक अकाउन्टमा २२ लाख बढी फलोअर थिए । त्यस्तै नेपाली युवक आयुषको टिकटकमा भने १३ लाख फलोअर थिए । अहिले उनीहरूको युजरनेम हेर्दा उक्त पेज उपलब्ध नभएको सङ्केत देखिन्छ ।
उनीहरू आफैले अस्थायी रूपमा अकाउन्ट हटाएका हुन् वा टिकटकले नै प्रतिबन्ध लगाएको हो भन्ने कुरा खुलिसकेको छैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।