काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ रनको योगफल तयार गरेको हो । प्रतियोगिताको सर्वाधिक रनकर्ता रोहितले ५७ बलमा ८० रन बनाएपछि कमजोर सुरुआत गरेको लुम्बिनीले चुनौतीपूर्ण स्कोर दिन सफल भएको हो ।
उनले ६ चौका र ५ छक्का प्रहार गर्दै क्यानडाका पूर्व कप्तान साद बिन जाफरसँग पाँचौं विकेटका लागि ७० बलमा १ सय १४ रनको साझेदारी गरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।