एजेन्सी / बलिउडका प्रमुख फिल्मकर्मीहरुको समूहले सोमबार दिल्ली उच्च अदालतमा बलिउडविरुद्ध गैरजिम्मेवार टिप्पणी गरेको र बलिउडलाई फोहोर तथा अपराधी को रुपमा चित्रण गरेको भन्दै अदालत पुगेका छन् ।
भारतका फिल्मसम्बन्धी चारवटा संगठन, जसमा निर्माता संघहरुको संगठन पनि सामेल छ र ३४ जना फिल्म निर्माताहरुले दुई भारतीय संचारमाध्यम रिपब्लिक टिभीु र टाइम्स नाउ विरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
मुद्दा दर्ता गर्नेहरु संस्थाहरुमा बलिउडका ठूला स्टारहरु सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन, फरहान अख्तर, करण जौहरलगायतका फिल्म निर्माण कम्पनीहरु छन् ।
अदालतमा दर्ता गरिएको मुद्दामा टिभी कार्यक्रम प्रस्तोताहरु अर्नब गोश्वामी, प्रदीप भण्डारी, राहुल शिवशंकर र नविका कुमारले मानहानी गरेको र अपमानजनक टिप्पणीहरु गरेको भन्दै यस्ता समाचार प्रशारण बन्द गराउन र पहिले प्रशारण भएकालाई पनि हटाउन माग गरिएको छ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि सुरुको बलिउडसम्बन्धि डिबेटहरुमा भारतीय टिभी च्यानलहरुले टिआरपीका लागि हद पार गरेको भन्दै आलोचना भइरहेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।