काठमाडौं, पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक काठमाडौं उपत्यकासहित देशभरको मौसममाआंशिक तथा साधारण बदली आएको छ । शुक्रबार साँझै नेपाली आकाशमा त्यसको संकेत देखिएको मौसमविदले जानकारी दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले आइतबार साँझदेखि नेपालका धेरै स्थानमा थप बदलीको छ । आइतबार साँझदेखि सोमबार साँझसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश,बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात छ ।
सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा,गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा छ । यो मौसम प्रणालीको असरले तापक्रममा केही गिरावट आई चिसो बढ्न सक्ने छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।