काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको अर्धशतक पूरा भएको छ ।
टीयु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् । टस जितेर पहिला ब्याटिङ गरिरहेको लुम्बिनीले १३ ओभरका खेल सकिँदा ३ विकेट गुमाएर १ सय ८ रन बनाएको छ ।
रोहितलाई टम मुर्सले साथ दिइराखेका छन् । उनी १९ बलमा २३ रन बनाएर खेलिरहेका छन् । लुम्बिनीका दुई ओपनर शुन्य रनमा आउट हुँ सन्दीप जोरा १८ रन बनाएर आउट भए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।