काठमाडौँ, मङ्सिर १९ गते, नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले रोमाञ्चक जित निकालेको छ । आज कीर्तिपुरस्थित त्रिवि मैदानमा अन्तिम ओभरको सुरुवाती पांँच बलमा १७ जोड्दै विराटनगरले लुम्बिनी लायन्सविरूद्ध २ विकेटको रोमाञ्चक जित निकालेको हो ।
अघिल्ला दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो । लुम्बिनी भने,आफ्नो पहिलो खेलमा पराजित भएको छ । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले आठ विकेट गुमाएर अन्तिम एक बल बाँकी छदा पूरा गर्एको छ ।
अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन चाहिएको थियो । जसमा लुम्बिनीका विवेक यादवले पहिलो दुई बलमा वाइड फ्याँके लगत्तै अर्को बलमा कप्तान सन्दीप लामिछाने आउट भएको छ । दोस्रो बल डट हुँदा तेस्रो बलमा क्रिस सोलले छक्का प्रहार गरेको छ । चौथो र पाँचौ बलमा चौका प्रहार गरेर सोलले विराटनगरलाई रोमाञ्चक जित दिलाए । अन्तिम दुई बलमा तीन रन चाहिए पनि सोलले पाँचौ बलमा चौका प्रहार गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।