बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एनपिएल : बागमती डर्बीमा चितवन पाँच विकेटले विजयी सुरुवात

एनपिएल : बागमती डर्बीमा चितवन पाँच विकेटले विजयी सुरुवात

मेगा खबर संवाददाता

१७, मंसिर २०८१
  • 595
    SHARES

  • एनपिएल : बागमती डर्बीमा चितवन पाँच विकेटले विजयी सुरुवात

    काठमाडौँ,मङ्सिर १७ गते, चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार बिहान भएको खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएका छन् ।

    बागमती प्रदेश डर्बीमा जितका लागि एक सय १२ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेटको क्षतिमा एक सय १४ रन जोड्दै लक्ष्य पूरा गरेको हो । चितवनका लागि सन्तोष कार्कीले अविजित सर्वाधिक २८ रन बनाए ।

    ल्यूक मार्टिन बेनकेन्स्टाइनले २२,ओपनर हसन इसाखिलले १२,कप्तान कुशल मल्ल र रवि बोपराले ११११ तथा सरद भेषवाकारले अविजित ११ रन बनाए ।

    सोमवार, मंसिर १७ २०८११२:३८:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार