बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

 आईपीएल : बैंग्लोरले चेन्नाईलाई ३७ रनले हरायो

 आईपीएल : बैंग्लोरले चेन्नाईलाई ३७ रनले हरायो

मेगा खबर संवाददाता

२६, आश्विन २०७७
  • 2.0K
    SHARES

  •  आईपीएल  : बैंग्लोरले  चेन्नाईलाई ३७ रनले हरायो

    काठमाडौं । कप्तान बिराट कोहलीको कप्तानी पारी र बलरहरुको उम्दा प्रदर्शनको मद्दतमा रोयल च्यालेन्जर्स बैंग्लोरले चेन्नाई सुपर किंग्सलाई ३७ रनले हराएको छ ।

    इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा जितका लागि बैंग्लोरले चेन्नाईसामु १७० रनको लक्ष्य पेश गरेको थियो । चेन्नाईको टिम निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रनमा समेटियो ।

    चेन्नाईका लागि अम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए । बैंग्लोरका लागि क्रिस मोरिसले ३ र वाशिंग्टन सुन्दरले २ विकेट लिए ।

    जारी आईपीएल प्रतियोगितामा बैंग्लोरको यो चौथो जित र चेन्नाईको पाँचौ हार हो ।

    दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । बैंग्लोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ९० रन बनाए । ५२ बल सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । नटआउट रहेका उनी म्यान अफ द म्याच भए ।

    यसैगरी देवदूत पाडिक्कलले ३३ रन जोड्दा आरोन फिन्च २ रनमा आउट भए । एबि डिभिलियर्सले खाता नै खोल्न सकेनन् । वाशिङ्गटन सुन्दरले १० र शिवम दुवेले नटआउट २२ रन योगदान गरे ।

    बलिङतर्फ शार्दुल ठाकुरले २ तथा साम कुरान र दीपक चहारले १–१ विकेट लिए ।

    जितका लागि १७० रनको लक्ष्य पछ्याएको चेन्नाईको टोली बैंग्लोरको कसिलो बलिङसामु निरीह देखियो । उसको सुरुवात नै खराब रह्यो । केबल २५ रन बनाउँदै चेन्नाईले २ विकेट गुमाइसकेको थियो ।

    ओपनरद्वय शेन वाटसन र फाफ डु प्लेसिस क्रिजमा टिक्नै सकेनन् । प्लेसिस चौथो ओभरमा वाशिङ्गटन सुन्दरको शिकार बने । उनले ८ रन मात्र बनाउन सके । आफ्नो अर्को ओभरमा वाशिङ्गटनले वाटसनलाई पनि १४ रनमा पेभेलियनको बाटो देखाइदिए ।

    संकटमा देखिएको चेन्नाईलाई केहीबेर अम्बाती रायडु र पहिलो म्याच खेलेका नारायण जगदिशनले सम्हाले । रायडु र जगदिशनले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे । ४२ रन बनाएका अम्बाती रायडु चेन्नाईका टप स्कोरर रहे । नारायण जगदिशन ३३ रन बटुलेर रन आउट भए ।

    पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका कप्तान महेन्द्रसिंह धोनीको प्रदर्शन पनि खराब रह्यो । उनी १० रनमा आउट भए । युजवेन्द्र चहलले धोनीलाई आउट गरे । साम कुरानले त खाता नै खोल्न सकेनन् ।

    बलिङतर्फ क्रिस मोरिसले ३ र वाशिङ्गटन सुन्दरले २ विकेट लिए ।

    पञ्जाबमाथि कोलकत्ताको रोमाञ्जक जित

    किङ्ग्स इलाभेन पञ्जाबलाई १७ बलमा २१ रन चाहिएको थियो । हातमा ९ विकेट थियो । इंण्डियन प्रिमियर लिगमा सहज जितको कल्पना गरिहेको पञ्जाब एकाएक संकटमा मात्र परेन, कोलकत्ता किङ्स राइडरसँग २ रनले पराजित हुन पुगेको छ ।

    १८औं ओभरका दोस्रो बलमा निकोलर पुरन आउट भए । सुनिल नराइनले नयाँ ब्याट्सम्यानलाई जम्मा एक रन दिए । १९ औं ओभरमा ६ रन जोड्दा २ विकेट गुमाएको पञ्जाबका लागि अन्तिम ओभरमा १४ रन जोड्नुपर्ने भयो ।

    bb.jpg

    कोलकत्ताले नराइनलाई बल थमायो । पहिलो बलमा २ रन दिएका म्याक्सवेलले दोस्रो बल डट खेले । तेस्रोमा चौका हाने । चौथो बलमा लेग बाइबाट एक रन पाएका पञ्जाबका मनदीप सिंह पाँचौं बलमा आउट हुनु पुगे । अन्तिम बलमा म्याक्सवेलले छक्का हान्न सकेको भए अझै पञ्जाबको जित सम्भव थियो ।

    तर चौका मात्र हाने र कोलकत्ताले ५ विकेटको क्षतिमा १६२ रन मात्र बनाउन सक्यो ।

    यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

     

    सोमवार, आश्विन २६ २०७७०६:१०:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार