काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका साढे ४ बजे सर्वदलीय बैठक बाेलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटार सर्वदलीय बैठक बोलाएका हुन्।
नेपालको कालापानी लिपुलेक हुँदै मनसरोवर जाने सडक भारतले उद्घाटन गरेपछि देशैभर विरोध भएकाे बेला प्रधानमन्त्रीले दलहरुसँग छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।
सीमा विवादका विषयमा सत्तपक्ष र प्रतिपक्ष सबैको एउटै धारणा बनाउन सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।