बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी स्थानमा छिटपुटदेखि हल्का वर्षा

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी स्थानमा छिटपुटदेखि हल्का वर्षा

मेगा खबर संवाददाता

२३, कार्तिक २०८१
  • 823
    SHARES

  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी स्थानमा छिटपुटदेखि हल्का वर्षा

    काठमाडौँ, देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

    आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षा छ ।

     

    शुक्रवार, कार्तिक २३ २०८१०६:४१:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार