बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दोस्रो स्वीङ स्टेटमा पनि ट्रम्पको जित

दोस्रो स्वीङ स्टेटमा पनि ट्रम्पको जित

मेगा खबर संवाददाता

२१, कार्तिक २०८१
  • 640
    SHARES

  • दोस्रो स्वीङ स्टेटमा पनि ट्रम्पको जित

    काठमाडौं, अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् ।

    बीबीसीका अनुसार ट्रम्पले जर्जिया पनि जितेका छन् । त्यसअघि उनले नर्थ क्यारोलिनामा पनि जितेका थिए । एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलताले ट्रम्प समर्थकमा खुसियाली छाएको छ । ट्रम्पले २४६ इलेक्ट्रोरल भोट पाएका छन् । यो राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने भोटमध्ये जम्मा २४ कम हो । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले १८७ इलेक्ट्रोरल भोट पाएकी छन् ।

    जनसंख्याको आधारमा अमेरिकाका ५० राज्यहरुमा इलेक्टोरल कलेज भोट दिने गरिन्छ । कूल ५३८ इलेक्टोरल कलेज भोटका लागि अमेरिकामा निर्वाचन हुने गर्दछ । कूल २७० इलेक्टोरल कलेज भोट पाउने उम्मेदवारलाई विजेता घोषणा गरिन्छ । अमेरिकाका राज्यका मतदाताहरुले प्रायजसो हरेक निर्वाचनमा एकै पार्टीका उम्मेदवारलाई जिताउँदै आएका छन् ।

    बुधवार, कार्तिक २१ २०८११२:१३:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार