बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१४, कार्तिक २०८१
  • 1.1K
    SHARES

  • देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ, देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

    आज दिउँसो कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती,गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी  प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ ।

    आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा छ ।

    बुधवार, कार्तिक १४ २०८१०६:५५:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार