काठमाडौ, फुलपाति २४ असोजमा रिलिज भएको चलचित्र ज्वाईं साबले आईतबार प्रेस विज्ञप्ती जारी गर्दै यो चलचित्रको १० दिनको व्यापार सार्वजनिक गरेको छ ।
यो चलचित्रका वितरक र निर्माताले विज्ञप्तिमार्फत चलचित्रको व्यापार सार्वजनिक गरेका हुन् । यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ ।
वितरक पक्षले अनुसार यो चलचित्रले शनिबारसम्म १० दिनमा नेपालका चलचित्र घरमा कुल ३ करोड २५ लाख रुपैयाँको ग्रस ब्यापार गरेको छ,शनिबारसम्म १० दिनमा चलचित्र ज्वाईं साबले काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी संयुक्त रुपमा ३ करोड २५ लाख रुपैयाँको व्यापार गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।