दसैँको अवसर पारेर यही असाेज २४ गते (फूलपाती) देखि प्रदर्शनरत ‘छक्का पञ्जा ५’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । फिल्मले शनिबारसम्म ३ दिनमा ५ करोड रुपैयाँ कमाइसकेको छ ।
तीन दिनमा भएको व्यापारबारे फिल्म निर्माता दीपकराज गिरीले भने,फिल्मले तीन दिनमा ५ करोडको व्यापार गरेको छ । उपत्यका र मोफसल सबैतिर अकुपेन्ची राम्रो छ । सबैभन्दा फिल्मको कथाले राम्रो प्रतिक्रिया पाइरहेको छ । छक्का पञ्जा ५’ चर्चित फिल्म ‘छक्का पञ्जा’को पाँचौँ शृंखला हो । यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा र वर्षा शिवाकोटीको मुख्य भूमिका छ ।
दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ । दीपककै कथा,पटकथा र संवाद रहेको फिल्मको कथा कर्मचारीतन्त्र र राजनीतिमा केन्द्रित छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।