बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

 आईपीएल : चेन्नइविरुद्ध बेङ्ग्लोरले निकाल्यो महत्वपूर्ण जित

 आईपीएल : चेन्नइविरुद्ध बेङ्ग्लोरले निकाल्यो महत्वपूर्ण जित

मेगा खबर संवाददाता

२५, आश्विन २०७७
  • 1.7K
    SHARES

  •  आईपीएल : चेन्नइविरुद्ध बेङ्ग्लोरले निकाल्यो महत्वपूर्ण जित

    काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चेन्नइ सुपरकिंग्सलाई पराजित गरेको छ । दुबई इन्टरनेसनल स्टेडियममा भएको खेलमा बेङ्ग्लोरले चेन्नइलाई ३७ रनले हराएको हो ।

    १७० रनको लक्ष्य पछ्याएको चेन्नइले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो ।

    चेन्नइका लागि अम्बाती रायुडुले सर्वाधिक ४२ रन जोडे पनि जितको लागि पर्याप्त रहेन । त्यस्तै, नारायण जगदीसनले ३३, शेन वाटसनले १४ तथा कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए ।

    बेङ्ग्लोरलाई जिताउन क्रिस मोरिसले ३, वासिङटन सुन्दरले २ तथा इसुरु उडाना र युजभेन्द्र चहलले १र१ विकेट लिए ।

    यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।

    बेङ्ग्लोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक अभिजित ९० रन बनाउँदा देवद्त्त पार्डिकलले ३३ रन बनाए। त्यस्तै शिवम दुबे २२ रनमा अभिजित रहे ।

    चेन्नइका लागि सार्दुल २ विकेट लिँदा दीपक चाहर र साम करनले १र१ विकेट लिए ।

    आइतवार, आश्विन २५ २०७७०४:४७:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार