काठमाडौं, नेपालले आज त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्दै छ ।
सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित बह्येको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुनेछ ।
नेपाल र ओमानबीच अहिलेसम्म कुल ६ टी–२० खेल भएका छन् । जसमा नेपाल र ओमानले ३–३ खेल जितेका छन् । यस सिरिजमा नेपालले अर्को खेल मंगलबार नेपाल र क्यानडाबीच,बुधबार नेपाल र ओमानबीच खेल्ने छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।