बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्विटेकलाई फ्रेन्च ओपन उपाधि, रचिन् इतिहास

स्विटेकलाई फ्रेन्च ओपन उपाधि, रचिन् इतिहास

मेगा खबर संवाददाता

२५, आश्विन २०७७
  • 3.9K
    SHARES

  • स्विटेकलाई फ्रेन्च ओपन उपाधि, रचिन् इतिहास

    काठमाडौं । पोल्यान्डका युवा खेलाडी इगा स्विटेकले फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । १९ वर्षिया स्विटेकले अमेरिकाकी सोफिया केनिनलाई २–० को सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन् । 

    जुनियर विम्बल्डन विजेता स्विटेक फ्रेन्च ओपनको उपाधि जित्ने सबभन्दा कम वरियाताको खेलाडी बनेकी छिन् । यससँगै विश्व वरियाताको ५४औं स्थानमा रहेकी स्विटेकले फ्रेन्च ओपनमा इतिहास रच्न सफल भएकी छिन् । 

    स्विटेकले चौथो वरियाताप्राप्त केनिनलाई ६–४, ६–१ को सेटमा हराउँदै उपाधि पक्का गरेकी हुन् । 

    ‘‘के भइरहेको छ, म आफैले विश्वास गर्न सकिरहेको छैन,’’ स्विटेकले भनिन् । 

    यो उपाधिसँगै स्विटेक एकल ग्राण्ड स्लाम उपाधि जित्ने पोल्यान्डको पहिलो खेलाडी बनेकी छिन् । सन् १९९२ मा कोउप सुजानी लेङलेनपछि स्विटेक फ्रेन्च ओपनको उपाधि जित्ने कान्छी खेलाडी बनेकी छिन् । 

     

    ‘‘यो अद्भुत छ। दुई वर्षअघि मैले जुनियर ग्राण्ड स्लाम उपाधि जितेकी थिए । आज म यहाँ उभिएकी छु,’’ उपाधि जितेपछि स्विटेकले थपिन्, ‘‘छोटो समयमा यो यात्रा तय गर्न सफल भएकी छु । म धेरै अभिभुत छु ।’’

    स्विटेकले चौथो चरणमा विश्व नम्बर एक सिमोना हालेपलाई पराजित गरेकी थिइन् । उनले अस्ट्रेलियन ओपन विजेता केनिनलाई हराउँन एक घण्टा २४ मिनेट समय लगाएकी थिइन् । 

    आइतवार, आश्विन २५ २०७७०४:४२:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार