बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजदेखि मौसम सुधार हुने, यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजदेखि मौसम सुधार हुने, यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१३, आश्विन २०८१
  • 832
    SHARES

  • आजदेखि मौसम सुधार हुने, यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ, देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी,मधेस, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा छ ।

    जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतास भन्दै महाशाखाले सचेत गराएको छ  । 

    ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव,बाढी,पहिरो,सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम,ठुला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ ।

    ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य,दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य,पर्यटन,पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

    आइतवार, आश्विन १३ २०८१०६:३४:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार