बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आईपीएल : पञ्जाबमाथि कोलकत्ताको रोमाञ्जक जित

आईपीएल : पञ्जाबमाथि कोलकत्ताको रोमाञ्जक जित

मेगा खबर संवाददाता

२५, आश्विन २०७७
  • 1.6K
    SHARES

  • आईपीएल : पञ्जाबमाथि कोलकत्ताको रोमाञ्जक जित

    काठमाडौं । किङ्ग्स इलाभेन पञ्जाबलाई १७ बलमा २१ रन चाहिएको थियो । हातमा ९ विकेट थियो । इंण्डियन प्रिमियर लिगमा सहज जितको कल्पना गरिहेको पञ्जाब एकाएक संकटमा मात्र परेन, कोलकत्ता किङ्स राइडरसँग २ रनले पराजित हुन पुगेको छ ।

    १८औं ओभरका दोस्रो बलमा निकोलर पुरन आउट भए । सुनिल नराइनले नयाँ ब्याट्सम्यानलाई जम्मा एक रन दिए । १९ औं ओभरमा ६ रन जोड्दा २ विकेट गुमाएको पञ्जाबका लागि अन्तिम ओभरमा १४ रन जोड्नुपर्ने भयो ।

    कोलकत्ताले नराइनलाई बल थमायो । पहिलो बलमा २ रन दिएका म्याक्सवेलले दोस्रो बल डट खेले । तेस्रोमा चौका हाने । चौथो बलमा लेग बाइबाट एक रन पाएका पञ्जाबका मनदीप सिंह पाँचौं बलमा आउट हुनु पुगे । अन्तिम बलमा म्याक्सवेलले छक्का हान्न सकेको भए अझै पञ्जाबको जित सम्भव थियो ।

    तर चौका मात्र हाने र कोलकत्ताले ५ विकेटको क्षतिमा १६२ रन मात्र बनाउन सक्यो ।

    यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

    आइतवार, आश्विन २५ २०७७०४:४०:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार