काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। सबै प्रदेशको एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा घनघोर वर्षा छ । देशका तराई भूभागका केही स्थानहरूमा हावा हुरी छ ।
आज राति देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ । बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । बागमती,गण्डकी,लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा घनघोर वर्षा छ ।
कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा घनघोर वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी,पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम,ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।