बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी पाँच प्रदेशमा भारि वर्षा, तराईमा हावाहुरीको जोखिम

यी पाँच प्रदेशमा भारि वर्षा, तराईमा हावाहुरीको जोखिम

मेगा खबर संवाददाता

९, आश्विन २०८१
  • 1.0K
    SHARES

  • यी पाँच प्रदेशमा भारि वर्षा, तराईमा हावाहुरीको जोखिम

    काठमाडौँ,मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव छ । 

    जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी,मधेस,बागमती,गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।  

    आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी,बाग्मती,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा छ ।  कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरी छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी,बागमती र गण्डकी  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ ।

    कोशी,बागमती,गण्डकी र सुदूरपश्चिम  प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा छ । कोशी,बागमती,गण्डकी,लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरी छ ।

     

    बुधवार, आश्विन ९ २०८१०७:०९:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार