बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मनसुन फेरि सक्रिय, यी प्रदेशमा भारि वर्षा, बाली भित्र्याउन नहतारिनुस्

मनसुन फेरि सक्रिय, यी प्रदेशमा भारि वर्षा, बाली भित्र्याउन नहतारिनुस्

मेगा खबर संवाददाता

८, आश्विन २०८१
  • 1.3K
    SHARES

  • मनसुन फेरि सक्रिय, यी प्रदेशमा भारि वर्षा, बाली भित्र्याउन नहतारिनुस्

    काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

    कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थान हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा छ ।  

    आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा घनघोर वर्षा छ ।


    मंगलवार, आश्विन ८ २०८१०६:४५:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार