बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सक्रिय बन्दै मनसुन : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

सक्रिय बन्दै मनसुन : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

७, आश्विन २०८१
  • 790
    SHARES

  • सक्रिय बन्दै मनसुन : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा छ । 

    आज राति कोशी प्रदेश, मधेस  प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै वर्षा छ । वर्षाको क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी,पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

    मंगलबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ । सम्पूर्ण प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा छ । 

    सोमवार, आश्विन ७ २०८१०६:४२:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार