काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बंगाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।
सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी,बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी,बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अत्यधिक वर्षा छ ।
कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका पूर्वी भू-भागका केही स्थानहरूमा हावाहुरी छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । मंगलबार पनि देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा साधारणतया मौसम सफा रहने छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।