काठमाडौँ, प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
दलको कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए । पाण्डेका अनुसार पछिल्लो राजनीतिक अवस्था,संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
सत्ता पक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने मनसायले तयारी अगाडि बढाएको अवस्था त्यसबारे धारणा बनाउन पनि माओवादी आन्तरिक छलफलमा जुट्न लागेको हो ।
पत्रकार कम इन्जिनियर, इन्जिनियर कम आर्किटेक्ट, खुशी मानव र श्रीमतीलाई माया गर्ने श्रीमान