काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली छ । लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हावाहुरीसहित भारी वर्षा छ । लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा छ ।
आज राति सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशका केही तथा कोशी,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हावाहुरीसहित भारी देखि धेरै भारी वर्षा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।