बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कांस्य पदक विजेता पलेशालाई काठमाडौँमा भव्य स्वागत

कांस्य पदक विजेता पलेशालाई काठमाडौँमा भव्य स्वागत

मेगा खबर संवाददाता

१९, भाद्र २०८१
  • 661
    SHARES

  • कांस्य पदक विजेता पलेशालाई काठमाडौँमा भव्य स्वागत

    काठमाडौँ, भदौ १९ गते, पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई भव्य स्वागत गरिएको छ ।

    बुधबार बिहान त्रिभुवन विमानस्थलमा उनलाई राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी,पलेशाका समर्थक, खेलकुदप्रेमी लगायतले स्वागत गरेका हुन् । आज नेपाल फर्किएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै गाडीमा राखेर नगर परिक्रमा गराइएको छ । उनलाई पदाधिकारी तथा खेलाडी सुवेच्छुकले स्वागत गरेका छन् । 

    पलेशाले पारातेक्वान्दोको के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी हुन् । पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार सम्पन्न रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी हुन् । 

    रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् । रिपेचेज अघि पहिलो चरणमा पलेशाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । क्वार्टरफाइनलमा भने पलेशा आफूले अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परेकी थिइन् ।

    बुधवार, भाद्र १९ २०८१०२:२९:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार