बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१५, भाद्र २०८१
  • 958
    SHARES

  • यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।

    कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।

    कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा छ ।

     

    शनिवार, भाद्र १५ २०८१०६:२२:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार