काठमाडौं –परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँग लिपुलेकको सडकबारे छलफल गरेका छन् ।
आज मन्त्री ज्ञवालीले राजदूत क्वात्रालाई मन्त्रालयमा बोलाएर छलफल गरेको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।
भारतले नेपालको भूमि लिपुलेकमा एकतर्फी रुपमा सडक निर्माण गरेको र यसमा नेपाल सरकारले आपत्ति प्रकट गरेको जानकारी ज्ञवालीले क्वात्रा समक्ष राखेका थिए ।
भारतले के कसरी कुन आधारमा सडक निर्माण गरेको हो, त्यसको बारेमा स्पष्ट पार्नका राजदूत क्वात्रामार्फत भारत सरकारलाई जानकारी पठाएको स्रोतले जनाएको छ ।
यस विषयमा नेपालले भारतसँग उच्चस्तरीय वार्ता गर्न चाहेको पनि जानकारी पठाएको बताइएको छ ।