बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यि प्रदेशमा भारी वर्षाको सम्भावना

यि प्रदेशमा भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१, भाद्र २०८१
  • 1.1K
    SHARES

  • यि प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली छ भने बागमती प्रदेश,लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई  स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । बागमती  र गण्डकी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षा छ ।

    बागमती र गण्डकी एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी,पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    शनिवार, भाद्र १ २०८१०६:३२:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार