बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज यी ४ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज यी ४ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१९, श्रावण २०८१
  • 868
    SHARES

  • आज यी ४ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

    काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा छ ।

    ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी,पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ । यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि,स्वास्थ्य,पर्यटन,पर्वतारोहण,सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन भनिएको छ । मधेस र कोशी प्रदेशको तराईका केही स्थानहरूमा  हावाहुरीको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

    शनिवार, श्रावण १९ २०८१०७:०७:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार