बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षा ?

आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षा ?

मेगा खबर संवाददाता

१४, श्रावण २०८१
  • 826
    SHARES

  • आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षा ?

    काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा छ ।

    मंगलबार पनि देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी,मधेस,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारीदेखि धेरै भारी वर्षा छ ।

    सोमवार, श्रावण १४ २०८१०६:१५:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार