इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ वर्षको उमेरमा क्रिकेटलाई अलबिदा भनेका छन् ।
सन् २००२ मा २० वर्षको उमेरमा एन्डरसनले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका थिए । टेस्टमा ७०४ विकेट, एकदिवसीयमा २६९ र टी–२० मा १८ गरी उनले करियरमा कुल ९९१ विकेट लिए ।
२१ वर्षसम्म इङ्ल्यान्ड टोलीको पेस बलिङको नेतृत्व गरेका उनले लर्ड्समा अन्तिम टेस्ट खेलेका हुन् । खेल जितेपछि उनी बालकनीमा आए,मैदानमा जम्मा भएका सयौँ फ्यानलाई सम्बोधन गर्दै उनले भने,इङ्ल्यान्डका लागि क्रिकेट खेल्नु संसारकै उत्कृष्ट काम हो । र त्यसपछि अलबिदा भने ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।