बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी पाँच प्रदेशमा अति भारी वर्षा, सतर्क रहन महाशाखाकाे आग्रह

यी पाँच प्रदेशमा अति भारी वर्षा, सतर्क रहन महाशाखाकाे आग्रह

मेगा खबर संवाददाता

२७, आषाढ २०८१
  • 853
    SHARES

  • यी पाँच प्रदेशमा अति भारी वर्षा, सतर्क रहन महाशाखाकाे आग्रह

    काठमाडौँ,  मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली छ ।

    बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी,मधेस, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा,सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा छ । कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा धेरै भारी वर्षा छ । 

    आज राति कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा,सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा छ । कोशी,मधेस,बागमती,गण्डकी  र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षा छ । 

    कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी,पहिरो तथा भू(क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    बिहिवार, आषाढ २७ २०८१०६:२६:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार