काठमाडौं । गृहमन्त्री रामबहादुर थापाल ‘बादल’ का प्रमुख सल्लाहकार सुर्य सुवेदीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
पछिल्ला केहीदिनयता भिभिआइपी सर्कलमा कोरोना संक्रमण देखिन थालेको छ । केहीदिन अघिमात्र प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका ४ जना सल्लाहकारसहित ६५ जना सुरक्षाकर्मीमा भाइरस संक्रमण पुष्टि भएको थियो ।
गृहमन्त्रीका सल्लाहकार सुवेदीले यसबीचमा आफ्नो सम्पर्कमा रहेका सबैलाई सुरक्षित बस्न अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘एऋच् परीक्षणले मलाइ कोरोना–पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।