बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :
कपिलबस्तुमा

कपिलबस्तुमा भेटिएका १० जना संक्रमितहरु लुकेर भारतबाट नेपाल छिरेका थिए

कपिलबस्तुमा भेटिएका १० जना संक्रमितहरु लुकेर भारतबाट नेपाल छिरेका थिए

SobizTrend Technology

२९, बैशाख २०७७
  • 2.4K
    SHARES

  • कपिलबस्तुमा भेटिएका १० जना संक्रमितहरु लुकेर भारतबाट नेपाल छिरेका थिए

    कपिलवस्तुमा भेटिएका कोरोना संक्रमितहरु सबै १० जना भारतको मुम्बई बाट आएको खुलेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कपिलबस्तुका गणेश नेपालीका अनुसार उनीहरू १० दिनअघि मुम्बईबाट आएका हुन् ।

    सोमबार कोरोना संक्रमण पुष्टी भएका सबै रातको समयबाट सीमाबाट लुकेर नेपाल छिरेका हुन् । कपिलबस्तुमा यसअघि कोरोना संक्रमण देखिएका ५ पुरुषहरु पनि भारतको मुम्बईबाट नै नेपाल आएका थिए। उनीहरु लुकेर नेपाल छिरेको थाहा पाएपछि स्थानीय प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा राखेको थियो।

    २९० जनाको स्वाबको नमूना संकलन गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकू, काठमाडौंले हालसम्म ९९ जनाको परीक्षण गरेकोमा १० जनामा संक्रमण देखिएको छ भने १९१ जनाको नमूना परीक्षण भएर रिपोर्ट आउनै बाँकी छ।

    संक्रमित सबैजना पुरुषहरुसहित नेपालमा संक्रमितको संख्या १२० पुगेको छ। संक्रमित १० जनालाई थप उपचारका लागि बुटवल कोरोना अस्पतालमा लैजाने तयारी छ।

    सोमवार, बैशाख २९ २०७७०२:१०:५२
    सम्बन्धित समाचार