बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इंग्ल्याण्ड जारी युरोकप २०२४ को सेमिफाइनलमा प्रवेश

इंग्ल्याण्ड जारी युरोकप २०२४ को सेमिफाइनलमा प्रवेश

मेगा खबर संवाददाता

२३, आषाढ २०८१
  • 1.0K
    SHARES

  • इंग्ल्याण्ड जारी युरोकप २०२४ को सेमिफाइनलमा प्रवेश

    काठमाडौँ, इंग्ल्याण्ड जारी युरोकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । 

    निर्धारित र थप गरिएको समयमादुवै टिमले एक एकगोलको बराबरी खेलेपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । ७५ औँ मिनेटमा स्वीट्जरल्याण्डका ब्रेल डोनाल्डले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर उक्त अग्रता स्वीट्जरल्याण्डले धेरै बेर टिकाउन सकेन । 

    ८० औँ मिनेटमा डक्लन राइसको पासमा बकायो साकाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । 

    आइतवार, आषाढ २३ २०८१०७:४७:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार