बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज यी स्थानमा छ भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज यी स्थानमा छ भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१५, आषाढ २०८१
  • 997
    SHARES

  • आज यी स्थानमा छ भारीदेखि धेरै भारी वर्षाको सम्भावना

    काठमाडौँ,  देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । 

    कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा छ ।

    गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी,पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य,पर्यटन,पर्वतारोहण,सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

    आइतबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा बाँकी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको छ । 

    शनिवार, आषाढ १५ २०८१०६:५७:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार