बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आईपीएल :  मुम्बई इण्डियन्स  ५७ रनले विजयी

आईपीएल :  मुम्बई इण्डियन्स  ५७ रनले विजयी

मेगा खबर संवाददाता

२१, आश्विन २०७७
  • 2.8K
    SHARES

  • आईपीएल :   मुम्बई इण्डियन्स  ५७ रनले विजयी

    काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ ।

    गएराती सम्पन्न खेलमा मुम्बईले दिएको १९४ रनको लक्ष्य पछाएको राजस्थान १८।१ ओभरमा १३६ रन बनाउदा अल आउट भएपछि मुम्बई ५७ रनले विजयी भएको हो । राजस्थानका लागि जस बटलरले सर्बाधिक ७० रन बनाएका थिए । त्यस्तै जोफ्रा आर्चरले २४ रन बनाए भने टम कुरानले १५ तथा माहिपाल लोमरोरले ११ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

    त्यस्तै मुम्बईका बलर जसप्रित बुमराहले सर्बाधिक ४ विकेट लिएका थिए । बुमराहले ४ ओभरमा २० रन दिएर ४ विकेट लिएका थिए ।

    त्यस्तै ट्रेन्ट बोल्ट र जेम्स पाटिसनले २/२ विकेट र राहुल चहरले एक विकेट लिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।

    मुम्बईका लागि सूर्यकुमार यादवले अविजित ७९ रन बनाएका थिए । त्यस्तै हार्दिक पाण्डेयले अविजित ३० रन बनाएका थिए । त्यसैगरी कप्तान रोहित शर्मा ३५ रन बनाए भने क्वेंटन डिककले २३, क्रुनाल पाण्डेयले १२ रन बनाएका थिए ।

    राजस्थानका बलर श्रेयस गोपालले २ विकेट लिए भने जोफ्रा आर्चर र कार्तिक त्यागिले एक एक विकेट लिएका थिए ।

    यो जितसँगै मुम्बईले यस सिजनमा लगातार तेस्रो तथा अहिलेसम्म ६ खेलमा चौथो जित हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । राजस्थानले भने पाँचौ खेलमा तेस्रो खेलमा हार बेहोरेको छ ।

    आइपिएल अन्तर्गत आज कोलकोता नाइटराइडर्स र चेन्नई सुपरकिंग्सबीच खेल हुदै छ ।

    बुधवार, आश्विन २१ २०७७०५:४४:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार