बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अभिनेत्री काजल अग्रवाल विजनेशम्यान गौतम किचलूसँग बिवाह गर्दै 

अभिनेत्री काजल अग्रवाल विजनेशम्यान गौतम किचलूसँग बिवाह गर्दै 

मेगा खबर संवाददाता

२१, आश्विन २०७७
  • 3.1K
    SHARES

  • अभिनेत्री काजल अग्रवाल विजनेशम्यान गौतम किचलूसँग बिवाह गर्दै 

    एजेन्सी । अभिनेत्री काजल अग्रवाल यसै वर्ष ९२०२०० बैबाहिक जीवनमा बाँधिने भएकी छन् । उनी स्वयंले मंगलवार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूले विजनेशम्यान गौतम किचलूसँग विवाह गर्न लागेको जानकारी दिएकी छन् । उनले विवाहको मिति पनि सार्वजनिक गरेकी छन् ।

    उनका अनुसार, आउँदो ३० अक्टोबरका लागि विवाहको मिति तय गरिएको छ ।  कोरोनाका कारण विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यको मात्र उपस्थिति रहनेछ । विवाहको बारेमा जानकारी दिँदै उनले भनेकी छन्, ‘यो महामारीले हाम्रो खुसीलाई प्रभावित गरेको छ तर हामी आफ्नो जीवनलाई एकसाथ सुरु गर्नका लागि उत्साहित छौं । 

    म विश्वस्त छु कि तपाईंहरु पनि खुसी हुनुहुन्छ ।’  उनी गएको १६ वर्षदेखि फिल्म अभिनयमा सक्रिय छिन् । ‘क्यों हो गया ना’ बाट अभिनय करिअर सुरु गरेकी उनले साउथसँगै बलिउड फिल्ममा पनि राम्रो पहिचान बनाएकी छन् । १९ जून १९८५ मा जन्मिएकी उनले साउथका अधिकांश ठूला अभिनेतासँँग काम गरिसकेकी छन् । सन् २००७ मा आएको फिल्म ‘लक्ष्मी कलयाणम’ को सफलताले उनको करिअर उत्कर्षमा पुगेको थियो ।

     

    बुधवार, आश्विन २१ २०७७०५:२१:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार