काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव छ । मधेस,बागमती,गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली छ । बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशभर धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी,कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी छ । कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशभर धेरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखिमध्यम वर्षा छ । कोशी,मधेस, बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा साथै एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि छ ।
कोशी,मधेस,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना साथै कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी,पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।