बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सक्रिय बन्दै मनसुन, यी प्रदेशमा भारी वर्षाको सम्भावना

सक्रिय बन्दै मनसुन, यी प्रदेशमा भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१२, आषाढ २०८१
  • 811
    SHARES

  • सक्रिय बन्दै मनसुन, यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिक  देखि साधरणतया बदली रहने छ । कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको पनि छ ।

    आज राति कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिक  देखि साधरणतया बदली रहने छ । कोशी, मधेस,बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

     

    बुधवार, आषाढ १२ २०८१०७:०८:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार