बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

मेगा खबर संवाददाता

११, आषाढ २०८१
  • 658
    SHARES

  • आज यी स्थानमा भारी वर्षा हुने

    काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव परेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी,बागमती,गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी,मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी,मधेस, बागमती र गण्डकी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षा छ ।

    आज राति कोशी,मधेस,बागमती,गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू (भागमा आंशिक  देखि साधरणतया बदली रहने छ। कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ ।  साथै कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षा छ ।

    भोलि कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी,पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    मंगलवार, आषाढ ११ २०८१०६:५७:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार